यस को चालु आ.व. को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ब.उ.शि.नं. , खर्च शीर्षक नं. को क्रियाकलाप मा आवश्यक बजेट विनियोजन भएको छ ।
हाल यस कार्यालय परिसर भित्र जीर्ण तथा अव्यवस्थित भएकोले दैनिक कार्यसञ्चालन र सेवा प्रवाहमा समेत कठिनाई उत्पन्न भएको हुँदा उक्त निर्माण तथा मर्मत कार्य तत्काल गनुपर्ने आवश्यकता देखिएको छ ।
तसर्थ, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५क. बमोजिम उक्त कार्यको विस्तृत प्राविधिक नापजाँच र लागत अनुमान (Cost Estimate) तयार गरी पठाइदिनका लागि प्राविधिक कार्यालय श्री मा पत्राचार गर्न मनासिब देखि निर्णयार्थ पेश गरेको छु ।
प्रस्तुत विषयमा यस को परिसर भित्र रहेको गर्नुपर्ने देखिएकोले सो को विस्तृत लागत इस्टिमेट (Cost Estimate) तयार गरी पठाइदिनुहुन यस कार्यालयको मिति को निर्णयानुसार अनुरोध छ ।
प्रस्तुत विषयमा यस को आ.व. को स्वीकृत कार्यक्रम अनुसार यस कार्यालयमा गर्नुपर्ने भएकोले संलग्न स्पेसिफिकेसन र परिमाण सूची (BoQ) बमोजिम उक्त कार्य गर्न तपाईंको फर्मको न्यूनतम दररेट के कति हो? पत्र प्राप्त भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समयमा अद्यावधिक फर्म दर्ता, मूल्य अभिवृद्धि कर (VAT) दर्ता र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिसहित दररेट पेश गरिदिनुहुन अनुरोध छ ।
प्रस्तुत विषयमा त्यस कार्यालयको च.नं. मिति को दररेट माग पत्र अनुसार त्यस कार्यालयमा कार्यको लागि यस को तर्फबाट मु.अ.कर (VAT) बाहेक जम्मा रु. (अक्षरेपी ) मा सम्पन्न गर्ने गरी यो दररेट पेश गरेको छु । आवश्यक फर्म दर्ता, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्रका प्रतिलिपिहरू यसै निवेदन साथ संलग्न राखेको छु ।
यस को आ.व. को स्वीकृत ब.उ.शि.नं. अन्तर्गत यस कार्यालयमा कार्यको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(४) बमोजिम दर्ता हुन आएका दरभाउपत्रदाताहरूको वित्तीय पक्षको मूल्याङ्कन गर्ने निर्णय गरियो । वित्तीय पक्षको मूल्याङ्कन गरी तुलनात्मक तालिका तयार गर्दा सो को नतिजा तपसिल बमोजिम रहेको पाइयो ।
| क्र.सं. | दरभाउपत्र दाताहरू | कबोल अंक (मु.अ.कर बाहेक) | स्थान |
|---|
माथिको तालिका अनुसार निर्माण व्यवसायी , को कबोल अंक रु. (अक्षरेपी ) मु.अ.कर बाहेक न्यूनतम कबोल रकम भएको हुँदा निज दरभाउपत्रदाता न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही रहेकोले छनौट गर्न कार्यालय प्रमुख समक्ष पेश गर्ने निर्णय गरियो ।
यस को आ.व. को स्वीकृत ब.उ.शि.नं. खर्च शीर्षक नं. अन्तर्गत क्रियाकलाप मा को लागि पेश हुन आएका दरभाउपत्रदाताहरूको मूल्याङ्कन समितिबाट गरिएको मूल्याङ्कनमा न्यूनतम सारभूतरूपमा प्रभावग्राही दरभाउपत्रदाता , को कबोल अंक रु. (भ्याट बाहेक) देखिन आएकोले निजको दरभाउपत्र स्वीकृत हुने गरी श्रीमान् कार्यालय प्रमुख समक्ष निर्णयार्थ पेश गर्दछु ।
प्रस्तुत विषयमा तपाईंले मिति मा पेश गर्नु भएको यस कार्यालयको को दररेट यस कार्यालयको मिति को निर्णय बमोजिम स्वीकृत भएको हुँदा ७ दिन भित्र सम्झौता गर्न आउनु हुन जानकारी गराइन्छ ।
प्रस्तुत विषयमा त्यस कार्यालयको च.नं. मिति गतेको पत्रानुसार कामको लागि मेरो फर्म स्वीकृत भएको हुँदा सम्झौताको लागि अनुरोध गर्दछु ।
उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. को स्वीकृत ब.उ.शि.नं. अन्तर्गत तपाईं र यस कार्यालय बीच मिति मा यस कार्यालयमा को लागि भएको ठेक्का सम्झौता अनुसार रु. (भ्याट बाहेक) मा उक्त निर्माण तथा मर्मत कार्य मिति भित्र सम्पन्न गर्ने गरी कार्य गर्नु हुन यो कार्यादेश दिइएको छ ।
प्राविधिक शाखा / साइट इन्जिनियर: ड्रइङ्ग डिजाइन, स्पेसिफिकेसन तथा सम्झौता अनुसार निर्माण तथा मर्मत कार्य अनुगमन तथा सुपरिवेक्षण गर्नु गराउनुहुन ।
प्रस्तुत विषयमा यस कार्यालय र मेरो फर्म बीच मिति गते भएको सम्झौता अनुसार कार्य तोकिएको स्पेसिफिकेसन बमोजिम सम्पन्न गरिसकेको हुँदा सम्झौता अनुसारको सम्पन्न कामको अन्तिम बिल भुक्तानीको लागि अनुरोध गर्दछु ।
प्रस्तुत विषयमा यस कार्यालयको निर्माण व्यवसायी , बाट सम्पन्न भएको र उक्त फर्मले कार्य सम्पन्न गरी बिल भुक्तानी पाउँ भनी मिति मा निवेदन पेश गरेको हुँदा उक्त निर्माण तथा मर्मत कार्यको प्राविधिक जाँचपास तथा नापजाँच गरी अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरिदिनु हुन अनुरोध गरिन्छ ।
प्रस्तुत विषयमा यस को चालु आ.व. को स्वीकृत ब.उ.शि.नं. , खर्च शीर्षक नं. अन्तर्गत क्रियाकलाप मा कार्य गर्नका लागि मिति मा निर्माण व्यवसायी (स्था.ले.नं. , ) सँग मु.अ.कर बाहेक रु. मा ठेक्का सम्झौता भई मिति भित्र कार्य सम्पन्न गर्नुपर्नेमा तोकिएको स्पेसिफिकेसन बमोजिम कार्य सम्पन्न गरी मिति मा भुक्तानीको लागि निवेदन तथा कर बीजक नं. पेश गरेको र प्राविधिक कार्यालय श्री बाट प्राविधिक जाँचपास, नापी किताब (MB) तथा कार्यसम्पन्न प्रतिवेदन प्राप्त हुन आएको छ । उक्त अन्तिम बिलको हिसाब विवरण देहाय बमोजिम रहेको छ:
| क्र.सं. | विवरण | रकम (रु.) | कैफियत |
|---|---|---|---|
| १ | सम्झौता रकम (मु.अ.कर बाहेक) | सम्झौता अनुसार | |
| २ | प्राविधिक मूल्याङ्कन / अन्तिम बिल रकम (मु.अ.कर बाहेक) | नापी किताब अनुसार | |
| ३ | घटाइने: अघिल्लो रनिङ बिल भुक्तानी (भ्याट बाहेक) | हालको खुद: | |
| ४ | जोडिने: मूल्य अभिवृद्धि कर (VAT @ %) | नियमानुसार | |
| ५ | हालको कुल बिल रकम (मु.अ.कर सहित) — जम्मा खर्च | कुल खर्च | |
| ६ | कट्टी: अग्रिम आयकर (TDS @ %) | राजस्व खाता | |
| ७ | कट्टी: मूल्य अभिवृद्धि कर (VAT को %) | राजस्व खाता | |
| ८ | कट्टी: कार्यसम्पादन / मर्मत धरौटी (%) | धरौटी खाता | |
| ९ | कट्टी: पेश्की फछ्यौट (रु. ) / हर्जाना LD (रु. ) | समायोजन/राजस्व | |
| १० | जम्मा कट्टी रकम (क्र.सं. ६ देखि ९ सम्म) | कुल कट्टी | |
| ११ | खुद भुक्तानी दिनुपर्ने रकम (Net Payable) (५ - १०) | व्यवसायीलाई |
| खाता / शीर्षक | भुक्तानी / जम्मा हुने विवरण | रकम (रु.) |
|---|---|---|
| १. निर्माण व्यवसायी खाता | (बैंक: , खा.नं.: ) | |
| २. राजस्व खाता | अग्रिम आयकर (TDS) + मु.अ.कर कट्टी (%) + हर्जाना (LD) | |
| ३. धरौटी खाता | कार्यसम्पादन / मर्मत धरौटी कट्टी (%) | |
| ४. पेश्की फछ्यौट | पेश्की समायोजन / फछ्यौट (यदि भए) | |
| जम्मा खर्च लेखिने रकम (क्र.सं. १ देखि ४ सम्म) | ||
अतः सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम रीतपूर्वक कार्य सम्पन्न भई आवश्यक कागजातहरू संलग्न रहेकोले नियमानुसार कर, धरौटी तथा अन्य रकम कट्टी गरी खुद भुक्तानी योग्य रकम रु. () सम्बन्धित निर्माण व्यवसायीको उल्लिखित बैंक खातामा EFT / चेकमार्फत भुक्तानी गर्न मनासिब देखि निर्णयार्थ पेश गरेको छु ।